लगानी बोर्ड बैठक

जनतामा तत्काल आशा जगाउने योजना कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले उत्पादन वृद्धि, रोजगारी सृजना हुनेजस्ता जनतामा तत्काल आशा जगाउने योजनाहरू तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

मंगलवार लगानी बोर्ड बैठकमा बोल्दै उनले अर्थमन्त्री वर्षमान पुन, मुख्य सचिव डा.वैकुण्ठ अर्याल र लगानी बोर्डका सिईओ सुशील भट्टलाई सो निर्देशन दिएका हुन् । उनले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकको विकास हुने भएकाले त्यस अनुकूल हुनेगरी सरकारले अध्यादेशमार्फत ९ वटा ऐन संशोधन गर्न लागेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको कामलाई अघि बढाउने कुरामा नडराउन पनि कर्मचारी प्रशासनलाई सचेत गराए । उनले कर्मचारी प्र्र्र्रशासनले आफूहरूको स्पिड अनुसार काम गर्न नसकेको गुनासो गर्दै नयाँ ढंगले काम गर्न पनि निर्देशन दिए । प्रधानमन्त्री दाहालले लगानी सम्मेलन लगानीका लागि नयाँ सन्देश दिने गरी सम्पन्न हुनेगरी तयारी गर्नुपर्ने पनि बताए ।

उनले भने कर्मचारीतन्त्र रिस्क लिन चाहन सक्ने वातावरण नै देखिएको छैन । काम नगर्दा सुरक्षित भईने, काम गर्दा असुरक्षित हुने जो मनोविज्ञान बन्न गएको छ धेरै कारणले ।’

उनले काम नगर्दा सुरक्षित भइने, कुनै नयाँ काम नगर्दा असुरक्षित भईने परिस्थितिको अन्त्य गर्न जरुरी रहेको बताए ।

उनले मन्त्रालयहरू पनि अगाडि बढ्न नसकेको बताए ।

उनले भारत भ्रमणको बेलामा केमिकल फर्टिलाईजर बनाउने भनेर एउटा सैद्धान्तिक समझदारी बनिसकेको बताए । उनले चाइनिजहरू तयार भएको बताए । उनले निर्णय सजिलो भएको तर प्रक्रिया अघि बढाउन नसकेको बताए ।

उनले फलाम खानीलाई वास्तवमा छिटो भन्दा छिटो विकास गरे उद्योगमा र विकास प्रक्रियामा प्रत्यक्ष असर पर्ने बताए ।

उनले भने ‘अर्थमन्त्रीजीलाई मेरो विशेष निर्देशन पनि । १÷२ दिन भित्रै यसलाई अगाडि बढाउने गरिदिऊँ । त्यहाँ छ भनेर आयो अहिले । त्यसकारण चाहिँ पर्सीसम्म हामी यसलाई अगाडि बढाउन सकिन्छ भनेर मुख्य सचिवले पनि भन्नु भयो । मेरो चाहिँ सिरियस कन्सर्न पनि छ यसमा । यस्ता कुरा नरोकौँ । केमिकल फर्टिलाईजरलगायतका विषयमा पनि हाम्रो कृषिका लागि जरुरी छ । हामी यो बजेट, नीति र कार्यक्रममा सिँचाइमा । किनभने उत्पादन वृद्धि र कृषिमा चाहिँ रोजगारी सृष्टि गर्ने हो भने सिँचाई भन्दा ठूलो कुरा मलाई चाहिँ अहिले लागेको छैन । यसलाई हामी गर्ने कुरा गर्दै आएका छौं । सिँचाइको हामीले ठूल्ठूला कुरा त हामीले भनेका छौं । त्यो ठूल्ठूला परियोजना वर्ष पनि धेरै लाग्ने, लगानी पनि धेरै लाग्ने । तिनले दिने परिणाम पनि धेरै वर्ष पछि दिने हुन्छ । हामीलाई चाहिएको छ तत्काल । त्यसकारण साना सिँचाइका परियोजनाहरू व्यापक रुपमा ग¥योभने तुरुन्तै उत्पादनमा त्यसको असर हुन्छ । तुरुन्तै रोजगारीमा असर हुन्छ । तुरुन्तै जनतामा आशा क्रियट गर्न सकिन्छ । यस्तातिर जानुपर्ने हुन्छ । त्यसकारण यी पनि अब म सुशीलजीलाई पनि र मुख्य सचिवजीलाई पनि के भन्न चाहन्छु भने यस्ता रोकिएका काम अब नरोकौँ । र निजी क्षेत्रलाई सुविधा दिन नडराऔँ । कहीँ न कहीँ उही पुरानै नियम, पुरानै कानुन, पुरानै परम्परा, पुरानै सोच हाबी भई राखेको हुन्छ । त्यसकारण मलाई आशा के छ भने हिजो हामीले गरेको निर्णय, क्याबिनेटबाट गरेको निर्णय अध्यादेशमार्फत आउँदा सुविधा हुने भनेको निजी क्षेत्रलाई नै बढी हो । यो कुरा निजी क्षेत्रले पनि राम्रोसँग बुझिदिनु प¥यो । र अगाडि जानुप¥यो । यहाँ उठेको कुरा हटाउनुपर्ने हटाउँ, थप्नुपर्ने थपौँ, । तुरुन्तै गर्नुपर्ने गरौैं । र एउटा नयाँ प्रक्रियातिर हामी गयौ भन्ने सन्देश अहिले दिनैपर्छ यो लगानी सम्मेलनबाट ।’

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा सरकारले साना सिँचाइको कार्यक्रमलाई विशेष व्यवस्था गर्ने पनि बताए । उत्पादन बढाउने, रोजगारी पनि दिने भएकाले सरकारले यस्ता साना कार्यक्रमलाई विशेष जोड दिन चाहेको प्रधानमन्त्री दाहालको भनाई थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *