हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा (भिडिओ)

काठमाडौँ । वैशाख १२ गतेदेखि काठमाडौंमा हुन लागेको चौथो हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा भएको छ ।

एक्स्पो वैशाख १२ गते (बुधवार) बाट १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सुरु हुनेछ । पहिलो दिन बुधवार बिहान साढे ६ बजेबाट स्काई टावरदेखि विद्युतीय सवारीसाधनहरूको र्याली सुरु हुने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले बताए ।

र्यालीमा ३ सय भन्दा बढी विद्युतीय सवारीसाधनहरू हुने बताए । स्काइ टावरबाट बानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना हुँदै कुपण्डोल, लैनचौरबाट प्रधानमन्त्री कार्यालय घुमेर भृकुटीमण्डपमा लगेर अन्त्य गर्ने र हिमालय एक्स्पोको शुभारम्भ गर्ने कार्यक्रम रहेको बताए । ऊर्जाको क्षेत्रमा लगानी किन गर्ने, फाइदा र समस्याहरू केके छन् रु भन्नेबारेमा विभिन्न चरणमा छलफल हुने बताए ।

१३ गते बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले एक्स्पोको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको बताए । उनले एक्स्पोले विगतका भन्दा फरक खालको सन्देश प्रवाह गर्ने बताए ।

अध्यक्ष कार्कीले जलविद्युत र ऊर्जासँग सम्बन्धित सामानहरू प्रदर्शनी गर्ने र बेच्ने भन्दा बाहेकका कुराहरू विगतमा नहुने गरेको भएपनि यस पटकको मेलामा भने विभिन्न चरणमा ऊर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रुपमा छलफल हुने र अन्ततः लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पुर्याउने विश्वास रहेको बताए ।

सन् २०३५ सम्ममा सरकारले लिएको २८ हजार ५ सयको विद्युत् उत्पादनको योजना सफल बनाउनका लागि पनि एक्स्पोले भुमिका खेल्ने बताए । अध्यक्ष कार्कीले नेपालमा लगानी गर्ने राम्रो वातावरण रहेको सन्देश विदेशी लगानी कर्ताहरूलाई दिन आवश्यक रहेको बताए ।

उनले एक्स्पोले सरकारले गरेको लगानी सम्मेलनलाई पनि धेरै ठूलो सहयोग पुग्ने बताए । उनले देश अहिले ऊर्जामय भएकाले ऊर्जाको क्षेत्रमा लगानी गर्न धेरै लगानीकर्ताहरू इच्छुक रहेको बताए ।

उनले नेपालमा लगानी गर्न इच्छुक हुनेहरूका लागि सबैभन्दा राम्रो ठाउँ ऊर्जा क्षेत्र भएको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *