नगरपालिकाले फोहोर नउठाएपछि गाजावासीको स्वास्थ्यमा समस्या

एजेन्सी । दक्षिणी गाजामा नगरपालिकाका सेवाहरू ठप्प हुँदा बासिन्दाहरू बढ्दो फोहोरको सामना गर्न बाध्य भएका छन् । ४५ वर्षीय इमाद अदुल रहमानले घरको फोहोर फाल्न दैनिक दुई किलोमिटर पैदल यात्रा गर्नुपर्ने समस्या रहेको बताए । उनले फोहोरका कारण लामखुट्टे लगायतका समस्याबाट ग्रस्त भएको बताए ।

फोहोरका कारणले बालबालिकाहरू बिरामी भएको बताए । फोहोरको समस्या छिटै समाधान गर्ने कुरामा आफूहरू विश्वस्त रहेको बताए ।

रहमानले लामो समयसम्म सेवा नहुँदा उनीहरूको बस्ने ठाउँमा फोहोर र ढल जम्मा भएको बताए । गत अक्टोबरमा इजरायल र हमासबीचको द्वन्द्व सुरु भएदेखि सहरमा नगरपालिका सेवाहरू बन्द छन् । यसले १.५ मिलियन भन्दा बढी शरणार्थीहरूको घर, सघन जनसंख्या भएको सहरमा स्वास्थ्य जोखिमहरू खडा गरेको छ ।

हमासद्वारा सञ्चालित सरकारी मिडिया कार्यालयका प्रमुख सलामा मारुफले गाजा पट्टी अभुतपूर्व स्वास्थ्य समस्या र वातावरणीय प्रदूषणको सामना गरिरहेको चेतावनी दिँदै विश्वलाई गाजाको लुकेको संकटमा ध्यान दिन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *