ड्युटीमा रहेका प्रहरीको अटोमेटिक पेस्तोल हरायो

काठमाडौं । बाराको अमलेखगन्जमा ड्युटीमा रहेका प्रहरीले बोकेको पेस्तोल हराएको छ ।

गाँजा तस्करी नियन्त्रणमा खटिएका वरिष्ठ सई पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल हराएको हो ।

अमलेखगन्जबाट उत्तरतर्फको जङ्गलमा जाने क्रममा पेस्तोल हराएको प्रहरीले बताएको छ ।

आइतबार मध्यरातमा गाँजा तस्करी हुँदै भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय अमलेखगन्जको टोली त्यसतर्फ लागेको थियो ।

१० राउण्ड गोली भरिएको पेस्तोल हराएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *