विराट कोहलीमाथि कारबाही

इन्डियन प्रिमियर लिग (आईपीएल) को आचारसंहिता उल्लंघन गरेको भन्दै विराट कोहलीमाथि कारबाही भएको छ।

उनले म्याच फिको ५० प्रतिशत जरिवाना तिर्नु पर्ने भएको हो। आइतबार कोलकाता नाइट राइडर्सविरुद्धको खेलका क्रममा उनले गरेको गतिविधिका कारण कारबाही गरिएको बताइएको छ।

रोयल च्यालेन्जर्स बैंगलुरुले २ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा कोहली तेस्रो ओभरमा ७ बलमा १८ रन बनाउँदा आउट भएका थिए ।

कोहलीले उक्त बल नो–बल हुनुपर्ने माग गरेका थिए। तर त्यसो हुन सकेन र उनी यस निर्णयबाट अम्पायरसँग असन्तुष्ट देखिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *