एसीसी प्रिमियर कपको उपाधि यूएईलाई

कप्तान मोहम्मद वासिमको शतकप्रेरित यूएईले एसीसी प्रिमियर कपको उपाधि जितेको छ। आइतबार सम्पन्न खेलमा ओमानलाई ५५ रनले पराजित गर्दै यूएईले उपाधि जितेको हो।

योसँगै समूह चरणमा भोगेको ९ विकेटको हारको बदला लिँदै यूएईले एसीसी एशिया कपमा स्थान बनाएको छ। यूएईले दिएको २०५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन मात्रै बनाउन सक्यो।

ओमानका प्रतिक आठवलेले सर्वाधिक ४९ रन बनाए। ३० बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे। खालिद कैल ३०, जिशान मक्सूद १४ र रफिउल्लाह ११ रनमा आउट हुँदा फैय्यज बट २३ रनमा अविजित रहे।

यूएईका जुनैद सिद्दिकीले सर्वाधिक ३ विकेट लिए। मोहम्मद फारुख र आयान अफजल खानले २/२ विकेट लिँदा बसिल हमिदको नाममा १ विकेट रह्यो।

त्यसअघि अल अमेरत क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ १)मा टस हारेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनायो।

यूएईका कप्तान वसिमले सर्वाधिक १०० रन बनाएश्र ५६ बल खेलेका उनले ६ चौका र ७ छक्का प्रहार गरे। अलिशान शराफु ३४ र विष्णु सुकुमारन १८ रनमा आउट हुँदा आशिफ खान ३८ रनमा अविजित रहे।

ओमानका बिलाल खानले सर्वाधिक २ विकेट लिए। शकील अहमद र जिशान मक्शूदको नाममा १/१ विकेट रह्यो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *