न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमवार नेपाल आउँदै

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमवार काठमाडौं विमानस्थलमा आउने बताएका छन् ।

आइतबार मन्त्री तामाङले पर्यटन विषयमा लेख्ने पत्रकारहरूसँगको छलफल कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले लामो समयदेखि इन्जिन मर्मतको लागि इजरायलमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सोमवार काठमाडौैं विमानस्थल आउने बताए । उनले इन्जिन मर्मतपछि जहाज नेपाल ल्याउन लागिएको बताए ।

उनले जहाजको इन्जिनमा समस्या आएर लामो समय ग्राउण्डेट हुँदा निगमलाई धेरै घाटा भएको स्वीकार गरे । मन्त्री तामाङले जहाज नुहुँदा भएका समस्या जहाज मर्मत भएर आएसँगै समाधान हुने विश्वास लिएको बताए । मन्त्री तामाङले आफू मन्त्री भएर आएदेखि जहाज तत्काल बनाएर ल्याउन ताकेता गरेकाले विभिन्न प्राविधिक समस्याका कारण चाँडै आउन नसकेको बताए ।

उनले ढिलै भएपनि सोमवार जहाज मर्मत पछि नेपाल ल्याउन लागिएको बताए । उनले युरोपेली युनियन (इयु) हवाई सुरक्षामा नेपाली वायुसेवालाई त्यहाँको आकाशमा सिधा उडान गर्ने कार्ययोजना बनाउने विषयमा अडिक रहेको बताए । उनले आकाशमा जुनसुकै देशको जहाज पनि उडान गर्न पाउनुपर्ने बताए । उनले योजना बनाउनको लागि सम्बन्धित निकाय,विज्ञहरूसँग छलफल गरी रहेको बताए ।

उनले भने ‘म मन्त्री भएर आएपछि नेपाल वायुसेवा निगमको न्यारोबडी (नाइनएन–एकेएकस) जहाज ग्राउण्डेड भएको कुरा जानकारीमा थियो । जहाज बनाउनको लागि इजरायली पठाएको र मर्मत भइरहेको छ भन्ने जानकारी थियो । जसको कारणले नेपाल वायुसेवा निगमलाई दैनिक रुपमा घाटा भइरहेको छ । त्यो कुरा मन्त्री भएर आएपछि निगमका अध्यक्षसँग कुरा गर्दा १२ दिनमा जहाज आउने बताउनुभएको थियो । जहाज आउँदै छ भनेपछि मैले धेरै प्रेसर दिने काम गरिन । जहाज १२ दिनभित्र नभएपछि मन्त्रालयले चाँडै जहाज मर्मत सकेर ल्याउनको लागि निर्देशन दिइरहेका थियौँ । प्राविधिक कारणले भनेको समयमा जहाज ल्याउन नसकेको जानकारी निगमबाट आयो । आज मलाई भोली सोमवार जहाज काठमाडौं विमानस्थलमा आउँछ । त्यो समस्या ढिलै भएपनि हल हुन्छ । युरोपेली युनियन (इयु) हवाई सुरक्षामा नेपाली वायुसेवालाई त्यहाँको आकाशमा सिधा उडान गर्ने कार्ययोजना बनाउनुपर्छ भन्ने सन्देश दिनगरी यसअघि नै बोलेको थिएँ । त्यो कुरामा अहिले पनि अडिक छु । त्यसको लागि हामी छलफल गरिरहेका छौ । निजी क्षेत्र र विज्ञहरूसँग पनि छलफल गरिरहेका छौं । त्यो गराउन सकेनौँ भने हाम्रो हितमा हुँदैन ।’

उनले सरकारले मे २९ तारिकाको दिन १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सगरमाथाको फेदमा दिवस बनाउने योजना बनाएको बताए । उनले विगतमा प्रधानमन्त्रीको उपस्थितिमा मनाउने तयारी भएपनि बजेट लगाएको कारण जान नपाएको भन्दै यो वर्ष जेठ १६ गते परेकाले प्रधानमन्त्रीको सहभागिता रहने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *