‘मिडिया सुधार अहिले नै आवश्यक, तर राज्यको बेवास्ता’

काठमाडौं । पछिल्ला केही वर्ष यता नेपाली मिडियामा निरन्तर प्रश्नहरु उठिरहेका छन् । कतिपय प्रश्नहरु त सापेक्ष नै लाग्दछन् । तर ति प्रश्नहरुको संख्या घट्नुको साटो प्रतिदिन बढिरहेको छ । विषय गम्भीर बन्दै गएको छ । के मिडियाले आफूमाथि उठेका प्रश्नको उत्तर दिनु नै नपर्ने हो र ?

अहिले सबैले एकीकृत रुपमा उठाएको प्रश्न हो यो । व्याप्त आर्थिक मन्दीमा मिडिया पनि आर्थिक रुपमा कमजोर बनिरहेको देखिन्छ । यसको बहुआयामिक असर पनि देखिँदैछ । आर्थिक मन्दीले मिडियाले पनि समाचार सामग्रीको गुणस्तर खस्काइरहेको छ ।

देश कमजोर भएको बेलामा मिडिया बलियो भएर उभिँदा छिट्टै माथि उक्सिएको देखिन्छ । तर हामी ठिक विपरित भोगिरहेकाछौँ । नेपालमा विकसित भइरहेको राजनीतिमा मिडिया र मिडियाले राजनीति गरेको विषय पेचिलो छ । राजनीतिक दलको अभिष्टमा मिडिया बहकिँदा जनमानस दिग्भ्रमित भइरहेका छन् ।

राजनीतिक घटनाक्रमलाई प्रकाशन र प्रशारण गर्दा पक्ष र विपक्षमा मिडिया बाँडिएको छ । त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागमा अध्यापन गराइरहनुभएका डा. कुन्दन अर्यालले जिम्मेवारीयुक्त पत्रकारिता र अभ्यास हुन नसकेको बताए । समयानुकुल कानूनी विधि र संरचना परिवर्तन नहुँदा पत्रकारिताको अभ्यासमा विकृति देखिन थालेको बताए ।

यस्तै पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले मिडिया अभिव्यक्ति स्वतन्त्रताको वाहक भएपनि जिम्मेवारीसँगै लैजान नसकिएको बताए । उनले मिडियालाई कानूनले बाँध्नु भन्दा पनि बढी भन्दा बढी जिम्मेवार बनाउन आवश्यक रहेको बताए ।

यता,अध्यापक डा.अर्यालले पत्रकारिताका व्यवसायिकताको अन्तरसम्बन्धहरुको गहन पुनरावलोकन गर्न आवश्यक रहेको बताए । पूर्वमन्त्री रिजालले राजनैतिक दलहरुले सत्तामा र सत्ता बाहिर रहेको बेलामा व्यवहार फरक गरेको भन्दै यसको असर समाजमा पर्ने गरेको बताए ।

नेपालको राजनैतिक विकास र पत्रकारिताको विकास सँगसँगै भएकाले धेरै कुरा छुट्याएर हेर्न नसकिने बताए । समग विकासको प्रवाहमा पत्रकारिताको विकासको लागि पनि कार्यक्रम बनाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *