नेपालगन्जमा व्यापारीमाथि दिउँसै खुँडा हान्न खोज्ने युवक पक्राउ

काठमाडौं । बाँकेको नेपालगन्जस्थित राझा चोकमा दिनदहाडै खुँडा प्रहार गर्न खोज्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका-२० स्थित राझा एयरपोर्ट चोकमा मोबाइल पसल चलाएर बसिरहेका पृथीबहादुर बुढालाई दिनदहाडै खुँडा प्रहार गर्न खोज्नेलाई प्रहरीले प्रकाउ गरेको हो ।

पक्राउ पर्नेमा बाँकेको खजुरा गाउपालिका-२ घर भएर राझा एयरपोर्ट नजिक बस्ने पवन कोइराला रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । उनकाअनुसार धारिलो हतियार (खुँडा) प्रहार गर्न खोजेको आरोपमा कोइरालालाई पक्राउ गरिएको हो ।

घटनाबारे आवस्यक थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ । आफ्नो मोबाइल पसल चलाएर बसेका बुढालाई खुँडा निकाली पछाडीबाट गर्धनमा प्रहार गर्न खोजिएको थियो । कोइरालासँग आफ्नो कुनै पूर्व रिसईबी समेत नभएको र खुँडा उचाली गर्धनतर्फ प्रहार गर्न थालेको अवस्थामा बुढाको छिमेकीले उनको हात समाती प्रहार गर्नबाट रोकेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *