एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने

एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने भएका छन्।

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ओमानले हङकङलाई ५ विकेटले पराजित गरेसँगै तेस्रो स्थानका लागि खेल्ने दुई टोलीको टुंगो लागेको हो।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएई फाइनलमा पुगिसकेको छ। प्रिमियर कपको विजेता, उपविजेता र तेस्रो हुने टोलीले एसीसी इमर्जिङ कप खेल्ने छन्।

फाइनल पुगेसँगै यूएई र ओमानले इमर्जिङ कपमा आफ्नो स्थान पक्का गरिसकेका छन्। प्रिमियर कप जित्ने टोलीले एशिया कपमा स्थान बनाउने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *