युएईविरुद्ध नेपालको खराब सुरुवात, गुम्यो चौथो विकेट

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले युएईविरुद्ध खराब सुरुवात गरेको छ ।

ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालले दुबै ओपनरसहित चौथो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल गोल्डेन डकआउट भएका थिए । उनलाई यूएईका जुनैद सिद्दिकीले आउट गरेका हुन् ।

दोसो विकेटका रुपमा अर्का ओपनर आफिस शेख आउट भए । शेख ११ बलमा एक छक्काको मद्दतले ८ रन बनाउँदै आउट भए । उनलाई यूएईका बलर ओमिद सफिक रहमानले एलबीडब्लूको धरापमा पारेका हुन् ।

कप्तान रोहित पौडेल सातौं ओभरको अन्तिम बलमा १८ बल खेलेर ५ रनमा आउट हुँदा नेपालले तेस्रो विकेट गुमायो । यस्तै दशौं ओभरमा कुशल मल्ल ३ रनमा आउट हुँदा नेपालले चौथो विकेट गुमायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *