शपथस्थलमा लफडा भएपछि नाउपाका कैलाशलाई बनाइयो भौतिक मन्त्री

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीसँगै नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । उनले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथकै बेला केहीबेर प्रदेश प्रमुखको कार्यालयमा तनावको स्थिति समेत सिर्जना भएको थियो । मुख्यमन्त्री सोडारीले कैलाश चौधरी र अर्का सांसद टीका थापालाई तत्काल विना विभागीय मन्त्रीको शपथ खुवाउन खोजेका थिए ।

तर थापाले शपथ लिन नमानेपछि स्थिति तनावपूर्ण बनेको हो । त्यसपछि मुख्यमन्त्री सोडारी एक्लैले शपथ ग्रहण गरे । केहीबेरको छलफलपछि कैलाश चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रीको शपथ लिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *