दाङ, सिरहा र कैलालीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ । सिरहा, धनगढीमाई नगरपालिका–६ सिमरा चोकमा प्र.१–०५–००१ प ८५८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधवार साँझ दुर्घटना हुँदा चालक गोलबजार नगरपालिका–४ बस्ने भोगेन्द्र सहनीको छोरा १५ वर्षीय आयुस सहनीको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका १ जनाको आरके मेडिसिन मुसहरनियामा उपचार भइरहेको छ ।

त्यस्तै कैलाली, गोदावरी नगरपालिका–५ गेटास्थित सडकमा सु.प.प्र. ०१–००१ च २९८७ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय कृत बहादुर बमको बुधवार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै दाङ, घोराही उपमहानगरपालिका–१३ कात्तिके डाँडास्थित सडकमा रा.२ प ६०१५ नम्बरको मोटरसाइकल र लु.९ प ४३६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधवार राति दुर्घटना हुँदा रा.२ प ६०१५ नम्बरको मोटरसाइकल चालक सोही नपमहानगरपालिका–१३ बस्ने २९ वर्षीय मनकु चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी सोही मोटरसाइकलमा सवार १ जनाको नर्सिङ होम अस्पताल नेपालगञ्ज बाँकेमा र लु.९ प ४३६ नम्बरको मोटरसाइकलमा सवार १ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ भने सोही मोटरसाइकल चालकलाई प्रादेशिक अस्पताल तुलसीपुर हुँदै थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज रिफर गरिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *