जापानमा गयो ६.४ म्याग्निच्युडको भूकम्प

एजेन्सी । जापानमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ः१४ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पको केन्द्रविन्दु सिकोकु र क्यूसु टापुको बीचमा रहेको छ । भूकम्पको धक्का जापानको पश्चिमी क्षेत्रमा धेरै भागमा महसुस गरिएको थियो ।

क्षतिको जानकारी भने आउन बाँकी छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *