महेश बस्नेतविरुद्ध प्रमाण अपुग, उजुरी तामेलीमा

नेकपा ९एमाले० का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको उजुरीमा प्रमाण अपुग भएको भन्दै तामेलीमा राख्न प्रहरीले सिफारिस गरेको छ ।

साथै प्रहरीले प्रमाण पुगेका बखत कार्यान्वयन गर्ने गरी सरकारी वकिल कार्यालयलाई राय पठाएको छ।

काठमाडौँ प्रहरी परिसरमा हुलाक मार्फत पूर्वमन्त्री बस्नेत विरुद्ध फौजदारी कसुरमा उजुरी परेको थियो ।

मुलुकी अपराध संहिता–२०७४ अनुसार बस्नेतविरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान गरी सरकारी वकिल कार्यालयलाई रायसहितको अनुसन्धान प्रतिवेदन पठाएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *