रकम सिलिङभित्र नराखेकाले मुआब्जाको रकम दिन सकिएन : अर्थसचिव

काठमाडौँ । अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले वन मन्त्रालयले मन्त्रालयको सिलिङभित्र मुआब्जाबापत दिनुपर्ने रकम नराखेका कारण अर्थ मन्त्रालयले रकम दिन नसकेको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सचिव पुष्करले वन मन्त्रालयले मुआब्जा दिनुपर्ने रकम सिलिङभित्र नराख्ने गरेको बताएका हुन् ।

उनले मन्त्रालयले आफ्नो सिलिङभित्र नराखीकन अर्थ मन्त्रालयसँग बजेट माग गर्ने गरेको भन्दै त्यसकारण अर्थ मन्त्रालयले मुआब्जाको रकम दिन नसकेको स्पष्ट पारे ।

उनले मन्त्रालयले सिलिङभित्र राखेको कार्यक्रममा अर्थ मन्त्रालयले अवरोध नगर्ने बताए । मुआब्जालाई सम्बन्धित मन्त्रालयले प्राथमिकतामा राखेमा मात्रै अर्थले बजेट विनियोजन गर्नसक्ने उनको भनाई छ ।

अन्य मन्त्रालयले समेत सिलिङ बाहिर गएर अर्थ मन्त्रालयसँग बजेट माग गर्ने गरेकाले माग गरे बमोजिमको बजेट पाउन नसकेका उनले बताए ।

उनले स्वीकृत सिलिङभन्दा बाहिर आफूहरूले बजेट दिन नसक्ने बताए । उनले कानुनभन्दा बाहिर गएर अर्थ मन्त्रालयले बजेट दिन नसक्ने बताए । उनले जग्गाप्राप्ति ऐन बमोजिमको काम, प्रक्रिया, विधि सम्बन्धित मन्त्रालयले पूरा गरेमा मुआब्जा दिन सकिने बताए ।

उनले मन्त्रालयले सिलिङ भित्र राखिएको र इन्ट्री गरिएकोलाई मात्रै बजेट दिन सक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *