कतारले साउदीलाई हरायो, नेपाल समूह विजेता बन्ने पक्का

काठमाडौं । नेपाल एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्ने पक्का भएको छ ।

सोमबार नै सेमिफाइनल पुगेको नेपालको मंगलबार समूह विजेता पक्का भएको हो । मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो ।

समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक छ । नेपालले बुधबार साउदी अरेबियासँग खेल्दैछ ।

दोस्रो स्थानको कतारले सबै खेल खेल्दा ४ अंक जोडेको छ । साउदी, मलेसिया र हङकङले अन्तिम खेलअघि २–२ अंक जोडेका छन् ।

समूहको अन्तिम खेलमा नेपालले साउदीसँग खेल्दा मलेसियाले हङकङसँग भिड्नेछ । समूहमा कतारसहित चार टिमको दोस्रो हुने सम्भावना छ ।

१० टिम सहभागी कपको आयोजक ओमान समूह ‘बी’ मा छ । समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन् । अन्तिम खेलअघि ओमान शीर्ष स्थानमा रहदै ६ अंक छ । कुवेत र युएईको ४–४ अंक छ ।

अहिलेको अवस्थामा नेपालले कुवेत वा युएईसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने देखिन्छ।

समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *