माधव नेपालले गरे चलचित्रमा अभिनय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चलचित्रमा अभिनय गरेका छन् ।

उनले रमित ढुङ्गानाद्वारा निर्देशित चलचित्र ‘नमेटिने घाउ’मा अभिनय गरेका हुन् ।

उनले मंगलबार बिहान एक घण्टा अभिनय गरेको निर्देशक ढुंगानाले बताए ।

एसिडको प्रयोगमा रोक लगाउन माग गरिएको उक्त चलचित्र ‘नमेटिने घाउ’ मा नेता नेपालले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको अभिनय गरेका थिए ।

चलचित्रमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीको दृश्य पनि उक्त अवसरमा खिचिएको छ । चलचित्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि छायाङ्कन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *