आरसिबीको आक्रामक ब्याटिङले टरेन हार

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी)विरुद्ध कीर्तिमानी चुनौती दिएको थियो ।

टस जितेर सुरुमा हैदरावादलाई ब्याटिङको निम्तो दिएको आरसिबीले २८८ रनको चुनौती पाएको हो । विशाल लक्ष्य पछ्याउनेक्रममा आरसिबीले ७ विकेटको क्षतिमा २६२ रन मात्र बनाउन सक्यो । चुनौतीपूर्ण लक्ष्य पछ्याउन आक्रामक ब्याटिङ भएको रोचक खेलमा आरसिबी २५ रनले पराजित भएको हो ।

जितसँगै चौथो स्थानमा रहेको हैदरावादको ६ खेलबाट ८ अंक बनाएको छ । दुई अंकसहित आरसिबी भने तालिकाको पुछारमा छ । सात खेल खेलको आरसिबीले एउटा मात्र जित निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *