पेट्रोल-डिजेलको भाउ बढ्यो
२०८१ वैशाख ३ गते

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ। नेपाल आयल निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा तीन रूपैयाँ बढाएको जानकारी दिएको छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ ९६ पैसा र डिजेलको तीन रूपैयाँ ४६ पैसा बढाएर नयाँ मूल्य पठाएको छ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ।

२०८१ वैशाख ३ गते
प्रतिक्रिया
सम्बन्धित








