एसिसी पुरुष प्रिमियर कप

हङकङलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हङ्कङविरुद्ध जितका लागि पाएको एक सय १५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्‍यो ।

नेपालको जितमा ओपनर द्वय कुशल भुर्तेल र आसिफ शेखले आक्रामक पारी खेले । आसिफले १८ बलमा ४० रन बनाएर आउट भए भने कुशलले १९ बलमा ३२ रन बनाएर पभेलियन फर्किए ।

कप्तान रोहित पौडेलले नटआउट २५ रन बनाए । सन्दीप जोरा पनि १९ रनमा नटआउट रहे ।

यससंगै नेपाल एक खेलअगावै समूह ‘ए’ बाट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *