नुहाउने क्रममा बेपत्ता युवकको शव सशस्त्रको गोताखोरले निकाल्यो 

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका( ३ स्थित भेरी नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले  बैशाख ०२ गते फेला पारेको छ ।
जाजरकोट जिल्लाको शिवालय गाउँपालिका( ३ सिमा बस्ने २४ बर्षिय कमल बुढा गत चैत ३० गते उक्त नदिमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका थिए ।
घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट  ४ जना  गोताखोर सहित आश्रित गुल्म जाजरकोटबाट १३ जनाको सुरक्षा फौज  खोजिकार्यको लागि खटिएको थियो ।
गोताखोरले आज दिउँसो २ बजे डुबेको ठाउंबाट अन्दाजि ५० मिटर तलबाट उनको  शव बाहिर निकालेको सशस्त्र प्रहरीका सहप्रबक्ता डिएसपी शैलेन्द्र थापाले बताए।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *