लखनऊमाथि कोलकाताको सहज जित

कोलकाता नाइट राइडर्सले आईपीएल २०२४ मा आइतबार लखनउ सुपर जायन्टसमाथि सहज जित हात पारेको छ।

इडेन गार्डेनमा आइतबार भएको खेलमा कोलकाता ८ विकेटले विजयी भएको हो। २६ बल बाँकी छँदै लखनउले खडा गरेको १ सय ६१ रनको स्कोर पूरा गर्यो।

त्यसमा निकोलस पुरनले सर्वाधिक ४५ रन बनाए । मिचेल स्टार्कले कोलकाताका लागि २८ रनमा तीन विकेट लिए ।

वाफमा कोलकाताले १५।४ ओभर मात्र उपयोग गर्दै दुई विकेट गुमाएर १ सय ६२ रन बनायो । ओपनर फिल साल्ट ४७ बलमा ८९ रन बनाएर नटआउट रहे । इंग्लिस विकेटकिपर ब्याटरले ४७ बलमा १४ चौका र तीन छक्का प्रहार गरे ।

कोलकाता पाँच खेलबाट आठ अंक बटुलेर दोस्रो स्थानमा छ । लखनउको छ अंकसहित पाँचौं स्थानमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *