नेपाल र वेस्ट इन्डिज ‘ए’ को ५  टी–२० शृंखलाको तालिका सार्वजनिक

नेपाल र पाहुना टोली वेस्ट इन्डिज ‘ए’बीच हुने टी–२० शृंखलाको खेल तालिका सार्वजनिक गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ५  टी–२० शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो।

क्यानका अनुसार शृंखलाको पहिलो खेल २७ अप्रिलमा हुनेछ। दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाँचौँ तथा अन्तिम खेल ४ मेमा हुनेछ।

सम्पूर्ण खेल १२:१५ बजेबाट शुरू हुने छ। नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो। उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *