ट्राफिक जनचेतना र्‍यालीमा गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा ट्राफिक जनचेतना र्‍याली निकालिएको छ ।

आईतबार विहान सुन्धाराबाट सुरु भएको र्‍याली रत्नपार्क, पुरानो बसपार्क हुँदै सभा गृह पुगेको थियो । ट्राफिक नियमबारे जनचेतना फैल्याउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा प्रभातफेरी कार्यक्रम गरिएको हो ।

र्‍यालीमा सहभागीहरूले विभिन्न ट्राफिक सचेतना लेखिएका प्लेकार्डहरू बोकेका थिए । र्‍यालीमा विद्यार्थी, सामाजिक अभियन्ता तथा प्रहरीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *