गस्तीमा गएका प्रहरी सवार बाइक गाईसँग ठोक्कियो, सहायक हवल्दार चन्दको मृत्यु

काठमाडौं । रुपन्देहीको भैरहवामा दुर्घटनामा परि एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा घाइते भएका प्रहरी सहायक हवल्दारको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-६ घर भएका ३६ वर्षीय सुरेश बहादुर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतको इलाका प्रहरी कार्यालयमा कार्यरत चन्द गस्तीमा गएकै बेला दुर्घटना परेका थिए ।

रुपन्देही प्रहरीकी डीएसपी लक्ष्मी खनालका अनुसार चन्द शुक्रबार राति ८ बजे मोटरसाइकलमा गस्ती ड्युटी गएका बेला दुर्घटनामा परेका थिए । गस्तीका बेला चन्दले चलाएको मोटरसाइकल गोरुसँग ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

उनीसँगै मोटरसाइकल पछाडी बसेर गस्तीमा गएका अर्का प्रहरी जवान ३० वर्षीय टोपबहादुर बस्नेत घाइते भएका छन् । उनको अहिले उपचार जारी छ भने अवस्था मध्यम रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *