दीपेन्द्रले कुशलको रेकर्ड तोडे, युवराज सिंहको विश्व कीर्तिमानमा बराबरी गरे

लगातार दोस्रो खेलमा म्यान अफ दी म्याच बनेका नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले शनिबार कीर्तिमान बनाए। एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्व कीर्तिमानमा दीपेन्द्रले आफ्नो पनि नाम लेखाएका हुन्।

यो कीर्तिमान बनाएकै दिन दीपेन्द्रले नेपालकै ओपनर कुशल भुर्तेलको रेकर्ड भने तोडेका छन्। यसअघि नै बराबरी गरिसकेको त्यो रेकर्ड शनिबार तोडिएको हो।

नेपालबार टि २० क्रिकेटमा सबैभन्दा बढी अर्धसतक प्रहार गर्ने रेकर्ड यसअघि कुशल भुर्तेल र दीपेन्द्रको नाममा थियो। दुबैले समान ९ पटक ५० रन माथि प्रहार गरेका थिए। दुवैले एक एक सतक प्रहार गरेका थिए।

तर शनिबारको प्रदर्शनसँगै दीपेन्द्रले कुशललाई पछि पारेका हुन्। यता आफ्नै सहकर्मीको रेकर्ड तोडेका दीपेन्द्रले भारतका चर्चित क्रिकेटर युवराज सिंहको कीर्तिमान बराबरी गरेका छन्।

यसअघि टि २० क्रिकेटमा २ जना र एक दिवशीयमा २ जनाले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। कतारविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रले २० औं ओभरका सबै बलमा छक्का प्रहार गरेका हुन्।

उनले एकै ओभरमा ३६ रन जोड्दा नेपालले कतारलाई २११ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्न सक्यो। दीपेन्द्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने तेस्रो र समग्र अन्तर्राष्ट्रिय क्रिकेटका पाँचौं खेलाडी बनेका छन्।

ओमानको अल अमरेत क्रिकेट मैदानमा कतारका कमरान खानलाई २० औं ओभरका सबै बलमा छक्का प्रहार गरेका दीपेन्द्रले २१ बलको सामना गर्दा ३ चौका र ७ छक्कासहित ६४ रनको नटआउट इनिङ खेले।

नेपालका लागि भने दीपेन्द्र कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी बनेका छन्।

दीपेन्द्रले यसअघि सेप्टेम्बरमा मंगोलियाविरुद्ध टी–२० मै दुई ओभरमा आफूले सामना गरेका लगातार ६ बलमा ६ छक्का हानेका थिए।

उक्त खेलमा दीपेन्द्रले ९ बलमै क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक प्रहार गरेका थिए।

यसअघि दक्षिण अफ्रिकाका ब्याटर हर्सल गिब्सले २००७ को एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए ।

भारतका युवराज सिंहले २००७ को टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध १९ औं ओभरमा ६ छक्का हानेका थिए । उनी टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी पनि हुन् ।

वेस्टइन्डिजका पूर्वकप्तान काइरन पोलार्डले २०२१ को टी–२० आई सिरिजमा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।

अमेरिकाका जसकरण मलहोत्राले २०२१ मा पपुवा न्युगिनीविरुद्ध ओडीआई खेलमा एकै ओभरमा ६ छक्का हानेका थिए । उनले पनि दीपेन्द्रले जस्तै अन्तिम ओभरमा गौडी टोकालाई एकै ओभरमा छ छक्का प्रहार गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *