सुनकोशीमा र्‍याफ्टिङ गर्दै नयाँ वर्ष मनाउने पर्यटकहरूको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ । नयाँ वर्षको पहिलो दिन आज सिन्धुपाल्चोक जिल्लाको सुनकोशी नदीमा र्‍याफ्टिङ गर्ने आन्तरिक पर्यटकहरूको घुइँचो लागेको छ ।

नयाँवर्ष हर्ष–उल्लासका साथ मनाउनका साथै वर्षभरिको थकान मेटाउनका लागि पर्यटकहरू सुनकोशी नदीमा र्‍याफ्टिङका लागि आइपुगेका हुन् ।

पर्यटकहरू समूह–समूह बनाएर उपत्यकाका विभिन्न स्थानबाट यहाँ आइपुगेका छन् । उनीहरू सुनकोशी नदिमा र्‍याफ्टिङको भरपूर्ण मज्जा लिइरहेका छन् ।

सुकुटेमा र्‍याफ्टिङको सिजनमा (फागुनदेखि चैतसम्म) दैनिक १५ सय आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।

सुकुटे बजारको पाँच किलोमिटर क्षेत्रफलमा रिसोर्ट स्तरका र्‍याफ्टिङ स्टार, सुनकोशी बिच, स्याण्डी बिच, भोटेकोसी बिच, सुकुटे रिभर फन बिच रिसोर्ट, सुकुटे बिच, रिभर बे, माया बिच, रक रिभर, सुनकोशी रिभर साइड जस्ता ११ होटलहरू छन् । उक्त होटलहरूले  साहसिक गतिविधिसहित रिसोर्ट सञ्चालन गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरु:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *