एसीसी प्रिमियर कप

विजयी सुरुवात गरेको नेपाल कतारको सामना गर्दै

काठमाडौं । एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको नेपालले शनिबार दोस्रो खेल खेल्दैछ । शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

ओमानमा जारी प्रतियोगितामा शनिबार दिउँसो ४:१५ बजे नेपालले कतारको सामना गर्नेछ । शुक्रबार मलेसियाविरुद्धको पहिलो जितसँगै नेपालले समूह ‘ए’ मा २ अंक जाडेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ । जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *