नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिना भित्र ३ अभिकर्ताहरू एमडिआरटी बन्न सफल

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरू एमडिआरटी – २०२५ बन्न सफल भएका छन ।

कम्पनीको विभिन्न शाखामा आबद्ध रही कार्य गर्ने अभिकर्ताहरू शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले तिन महिना भित्रै अभिकर्ताहरूको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेबल २०२५ मा छनौट हुन सफल भएका हुन ।

कम्पनीका अनुसार एमडिआरटी–२०२५ को लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरूलाई कम्पनीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

एमडिआरटी – २०२५ को लक्ष्य पुरा गर्ने अभिकर्ताहरूले आगामी महिना भित्र सिओटी (कोर्ट अफ द टेबल) र टिओटी (टप अफ द टेबल) को लक्ष्य समेत पुरा गर्ने गरी बीमा व्यवसायलाई अगाडी बढाउने धारणा व्यक्त गरेका थिए ।

एमडिआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सिओटी र ६ गुणा प्रिमियममा टिओटी छनौट हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *