मध्यरातमा कसले काट्यो बुद्धचित्तको बोट ? घरको आँगनमा भेटिए ४ सकेट बम

काठमाडौं । काभ्रेमा बुद्धचित्तको बोट काटेर अज्ञात समूहले घरमा विस्फोटक पदार्थ राखेको फेला परेको छ । काभ्रेको रोशी गाउँपालिका-५ सिपालीस्थित ठकुरानी तामाङको बारीमा रहेको बुद्धचित्तको बोट काटिएको हो ।

घरको ढोकामा सकेट बम जस्तो देखिने ४ वटा विस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । ‘हामीलाई राति २ बजेतिर खबर आएको हो । हाम्रो टोली त्यहाँ पुग्दा बुद्धचित्तको रूख काटिदिएर घरको मूल ढोकामा सकेट बम जस्तो देखिने विस्फोटक पदार्थ राखिदिएको पाइएको छ,’ उनले भने, ‘घटनामा व्यक्ति नभएर समूह नै लागेको जस्तो देखिन्छ ।’

इलाका प्रहरी कार्यालय मंगलटारबाट बिहान साढे २ बजे  टोली घटनास्थलमा पुगेको थियो । डिएसपी श्रेष्ठका अनुसार घर नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट पनि फेला परेको छ। यसबारे प्रहरीले अनुसन्धान बढाएको छ ।

महँगो मूल्य पर्ने यस बुद्धचित्तलाई बोधिचित्त पनि भन्ने गरिन्छ । बोधिचित्त माला तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवम् सांस्कृतिक प्रयोगमा आउने जप गर्ने माला हो । विशेषतः यो बौद्ध धर्मावलम्बीहरूले जप्ने मालामा प्रयोग हुने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 15 =