इटहरीमा अवैध संरचना हटाउन सात दिने ‘अल्टिमेटम’

काठमाडौँ । इटहरी उपमहानगरपालिकाले सरकारी जग्गा ओगटेर बनाएका संरचना हटाउन नगरवासीलाई सात दिने अल्टिमेटम दिएको छ ।

उपमहानगरपालिकाले बस्तीलाई बाढीबाट जोगाउने अभियानका क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले सूचना जारी गर्दै उक्त अल्टिमेटम दिएका हुन् । उक्त सूचनामा कसैले अटेर गरे कानुन अनुसार प्रक्रिया अघि बढ्ने उल्लेख छ ।

सूचना अनुसार कार्यालय, विभिन्न संस्था र उद्योगहरूले सार्वजनिक ऐलानी जग्गा ओगटेर संरचना बनाएमा तत्काल हटाउन उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =