गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा गैँडाको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ ।

गैँडाको आक्रमणबाट कावासोती नगरपालिका–१०, रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए ।

कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउने क्रममा मंगलबार दिउँसो १ बजेतिर गैँडाले आक्रमण गर्दा गम्भीर घाइते भएका महतोको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + four =