विश्वकपका लागि नयाँ जर्सी सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ।

सोमबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन्।

सार्वजनिक जर्सी रातो, निलो, हलुका सेतो र पहेँलो रंग मिश्रित छ। जर्सीको सबैभन्दा माथि चन्द्र र सूर्य रहेको छ। सबैभन्दा तल एक सिङे गैँडा र सगरमाथा रहेको छ।

बीचको भाग निलो रंगको रहेको छ। सोही भागमा पहेँलो रङले नेपाल लेखिएको छ। बाहुलाको तल, गलाको माथि, सगरमाथा र गैँडाको रंङ रातो छ।

बायाँतर्फ छातीको भागमा क्यानको लोगो रहेको छ। पछाडिको अधिकांश भाग निलो र बाँकी रातो रंगको रहेको छ। जर्सी नम्बर र खेलाडीको नाम पहेँलो रङले लेखिएको छ।

क्यान सचिव पारस खड्काका अनुसार जर्सी विश्वकपअघि नेपालमा हुने शृंखलाअघि नै प्रयोगमा आउने छ। आगामी जेठमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपमा नेपालसहित २० टोलीले सहभागिता जनाउँदै छन्।

नेपाल रहेको समूह ‘डी’मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *