नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ प्रशिक्षकमा वेस्ट इन्डिजका रोडी नियुक्त
२०८० चैत २५ गते

नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ प्रशिक्षकमा वेस्ट इन्डिजका रोडी इस्टविक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार उनलाई प्रशिक्षक नियुक्त गरेको जानकारी गराएको छ।
आइसिसी टी-२० विश्वकप अघि उनलाई बलिङ प्रशिक्षक नियुक्त गरिएको हो। वेस्ट इन्डिजका रोडीसँग क्षेत्रीय टिमसँग काम गरेको अनुभव छ।
नेपाली क्रिकेट टिम भारतमा तयारी गरेपछि ओमान जाने कार्यक्रम छ। ओमानमा नेपालले एसिसी प्रिमियर कप खेल्दैछ। त्यसपछि नेपाल विश्वकप खेल्न अमेरिका जाने कार्यक्रम छ।
विश्वकप जेठ दोस्रो सातादेखि हुँदैछ। नेपालले १० वर्षपछि विश्वकप खेल्न लागेको हो।
२०८० चैत २५ गते
प्रतिक्रिया
सम्बन्धित








