फाइनलमा नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

काठमाडौँ । एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ ।

गुजरातको वापीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन जोड्यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाए ।

ओपनर आरिफ शेखले आउट हुनुअघि ३४ रन बनाए भने कुशल भुर्तेलले १९ रन जोडे ।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्लले नटआउट ३१ रन जोडे भने सन्दिप जोराले नटआउट ७ रन बनाए । दिपेन्द्रसिंह ऐरी ७ रन बनाएर आउट भए ।

नेपालले आज गुजरातविरुद्ध ४ परिवर्तन गरेको छ । बरोडाविरुद्ध आराम दिइएका कप्तान रोहितसहित आशिफ शेख, सोमपाल कामी र अविनाश बोहरा टोलीमा फर्किएका छन् ।

प्रतिश जीसी, आकाश चन्द, अनिल शाह र ललितनारायण राजवंशीलाई आराम दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *