मधेस आन्दोलनकै कारण मुलुकमा सङ्घीयता आयो : मुख्यमन्त्री यादव

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सङ्घीयता ल्याउन मधेस प्रदेशले सबैभन्दा ठूलो भूमिका खेलेको बताएका छन् ।

‘वीरगञ्जको वाणी’ कार्यक्रममा सम्बोधन गर्दै उनले मधेस आन्दोलनकै जगमा मुलुकमा सङ्घीयता आएको बताए ।

“मुलुकमा सङ्घीयता आएको सात वर्ष भइसक्यो, तर अझै पनि प्रदेशले सङ्घीयताको महसुस गर्न पाइरहेका छैनन”, उनले भने, “छिटो–छिटो सरकार फेरिँदा पनि प्रदेशमा समग्र विकासमा समस्या पारेको छ, वीरगञ्ज सहरले सङ्घीय सरकारलाई ठूलो मात्रामा राजस्व प्रदान गर्दै आइरहेको छ, तर सङ्घीय सरकारले भने वीरगञ्जलाई सोहीअनुसारको बजेट तथा अन्य सहुलियत प्रदान गरेको छैन ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *