हैदरवादले चेन्नईलाई ६ विकेटले हरायो

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको १६६ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १६५ रन मात्र बनाएको थियो ।

यो जितपछि सनराइजर्स हैदरावादको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ भने चेन्नईको पनि ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ । यस अघि दिल्लीसँग हारेको चेन्नईको यो लगातार दोस्रो हार हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *