श्री एयरलाइन्सको जहाज पोखरामा आकस्मिक अवतरण

धनगढीबाट काठमाडौँ उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक रुपमा पोखरा अवतरण भएको छ।

बिहान १० बजे उडेको जहाज काठमाडौँ नपुगी पोखरा अवतरण गरेपछि यात्रुहरू अत्तालिएका थिए।

प्राविधिक समस्या देखिएर पोखरामा आकस्मिक अवतरण गरेको विमानस्थल स्रोतले जनाएको छ ।

जहाजमा ७६ जना यात्रु सवार थिए । जहाज बिग्रेर बनेपनि यात्रु चाहिँ उक्त जहाजमा जान नमाने पछि अर्को जहाजमा पठाइएको छ।

उक्त जहाजले पोखराका यात्रु लिएर काठमाडौँ आएको थियो।

एक साताअघि पनि धनगढीबाट काठमाडौँ उडेको श्री एयरलाइन्सकै जहाज भैरहवामा आपतकालीन अवतरण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =