‘एभरेस्ट एरोम्याटिक सुपर लङग्रेन’ बास्नादार चामल सार्वजनिक (तस्बिरहरू)

काठमाडौँ । आरजु राइस मिलले स्थानीय किसानहरूको सहकार्यमा प्रिमियम एक्स्ट्रा लङ्ग्रेन बास्नादार चामल बिक्री वितरण सुरु गरेको छ ।

एभरेस्ट एरोम्याटिक सुपर लङ्ग्रेन नाम दिइएको चामल मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बस्नेतले पेप्सीकोलास्थित कार्यालयमा चामलको औपचारिक बिक्री सुरुवात घोषणा गरेका हुन् ।

एभरेष्ट चामलको शुभारम्भ गर्दै बस्नेतले नेपाली किसानको मात्र धान किनेर उपभोक्ता माझ पुर्याएको बताए । यो चामलको मूल्य विदेशबाट आयातित चामलको दाँजोमा निकै सस्तो हुने प्रतिबद्धता पनि व्यक्त गरे । आयातितको तुलनामा यस चामलको लम्बाई १७।४६ मिलिमिटर लम्बाई रहेको छ । आरजु राईस मिलले विगत केही वर्षदेखि पूर्वी नेपालका मोरङ, सुनसरी तथा झापाका ४ हजार भन्दा बढी बिगाहा जग्गामा हजार्रौं किसानसँग सहकार्य गर्दै आएको अध्यक्ष बस्नेतले बताए ।

मिलले धान रोपाई अगाडि नै स्थानीय किसानका लागि चलन चल्तीको न्यूनतम समर्थन मूल्यभन्दा बढी तोकी धान खरिद गर्ने गरेको अध्यक्ष बस्नेतले बताए । आरजु राईस मिलले किसानको धानलाई मिलमा आइपुगेको २ दिनभित्रै अनलाइन बैंकिङ प्रणालीबाट भुक्तानी गर्दै आएको पनि जानकारी दिए ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *