हनुमानढोमा देखाइयो रूद्रायणी देवीको १२ वर्षे शिकाली जात्रा (तस्बिरहरू)

काठमाडौँ । रूद्रायणी देवीको १२ वर्षे शिकाली जात्राको नाच देखाइएको छ ।

शुक्रवार हनुमानढोका दरबार स्थित नाशल चोकमा उक्त नाच देखाइएको हो ।

गत मंसिर १३ गते ललितपुरको खोकनाबाट सानो खोकना हुँदै बाहिरिएको यो जात्राको नाच माघ १९ गते ललितपुरको पाटनमा देखाइएको थियो ।

विभिन्न स्थानमा प्रदर्शन गरेपछि माघ २० गते यो जात्रा पाटनबाट खोकना फर्केको थियो ।

यो जात्रा काठमाडौँ उपत्यकाको दक्षिणमा अवस्थित ऐतिहासिक पुरानो नेवाः बस्ती खोकनामा हरेक १२ वर्षमा मनाइने चलन छ । साथै यस जात्रा खोकना बाहिर पनि मनाउने चलन छ ।

यो नाच चैत २९ र ३० गते तलेजु भवानीको प्रा‌ङ्गण त्रिशुलचोकमा दुई दिन नचाइने छ । यसैक्रममा २०८१ साल बैशाख ९ र १० गते हनुमानढोका स्थित काल भैरवको पछाडि नचाइसकेपछी श्री रुद्रायणी देवीको नाच सम्पन्न गरिनेछ ।

यो नाच, नेवारी सांकृतिक तान्त्रिक नाच मघ्येको एक हो ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *