पार्किङ गरि राखेको स्कुटरबाट २ लाख ४० हजार चोरी
२०८० चैत २३ गते

प्रतिकात्मक तस्वीर
काठमाडौँ । काठमाडौं महानगरपालिका–२४ मखन गल्लीमा पार्किङ गरि राखेको स्कुटरबाट नगद २ लाख ४० हजार रूपैयाँ बिहीबार बेलुकी चोरी भएको छ ।
दोलखा शैलुङगेश्वरी गाउँपालिका–४ घर भएका ३३ वर्षीय जित बहादुर खवासले प्रदेश ३–०२–००४–प २८३८ नम्बरको स्कुटर पार्किङ गरी चिया खान गएको अवस्थामा स्कुटरको अगाडि राखेको झोलाबाट उक्त नगद चोरी भएको बताइएको छ ।
प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
२०८० चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित








