आयरल्यान्ड वल्भ्सविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल ‘ए’

काठमाडौं । नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा बलिङ गरिरहेको छ । आयरल्यान्ड वल्भ्सका कप्तान निल रकले टस जितेर पहिलो ब्याटिङ रोजेपछि नेपाल बलिङमा उत्रिएको हो ।

नेपालले आजको खेलमा नरेन भट्ट, रंजित कुमार, रुपेश सिंह र विकास आग्रीलाई विश्राम दिएको छ । टि२० सिरिज खेलेका ५ खेलाडी मात्र आज प्लेइङ-११ मा छन् ।

नेपालका लागि कप्तान विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, साहब आलम, बसिर अहमद, रिजन ढकाल, कमल सिंह ऐरी र मौसम ढकाल खेल्दैछन् ।

आयरल्यान्ड वल्भ्सले टि२० सिरिज २-१ ले जितेको थियो । अब एकदिवसीय सिरिजको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *