बैंगलुरुमाथि लखनउको शानदार जित

२०८० चैत २१ गते

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले बैंगलुरुलाई २८ रनले पराजित गरेको हो ।
लखनउले दिएको १८२ रनको लक्ष्य पछाएको बैंगलुरु १९.४ ओभरमा अलआउट हुँदै १५३ रन बनाएपछि खेल २८ रनले हारेको हो । यो आफ्नो घरेलु मैदानमा बैंगलुरुको लगातार दोस्रो हार हो ।
पहिला ब्याटिङ गर्दै लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । यो लखनउको यस सिजनमा तेस्रो खेलमा दोस्रो जित हो भने रोयल च्यालेन्जर्स बैंगलुरुले चौथो खेलमा एक जित र तेस्रो हार बेहोरेको छ ।
आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच खेल हुँदै छ ।

२०८० चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित