राप्रपा सत्ता केन्द्रित कुनैपनि गतिविधिमा सामेल हुँदैन : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी कुनैपनि प्रकारको सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने बताएका छन् ।

सबै प्रदेशमा नयाँ सत्तासमिकरण बनाउने गृहकार्य भइरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले कुनैपनि प्रकारको गठबन्धनमा समावेश हुँदैन । र त्यस प्रकारको कुनै पनि सोच बनाएको छैन’उनले भने ‘हामीले यो पछिल्लो सत्ता समिकरण बनेपछि स्पष्ट रुपमा भनेका छौं–राष्ट्रिय प्रजातन्त्र पार्टी सत्ता केन्द्रित कुनैपनि प्रकारको गतिविधिमा सामेल हुँदैन ।’

मंगलवार काठमाडौंमा आयोजित काठमाडौं गीतको भिडियो सार्वजनिक गर्दै अध्यक्ष लिङदेनले कुनैपनि प्रकारको गठबन्धनमा आफ्नो पार्टी सामेल हुने सोच नबनाएको दाबी समेत गरे ।

उनले नयाँ सत्ता समिकरण बन्नसाथ आफूहरुले कुनैपनि गठबन्धनमा सामेल नहुने जानकारी गराएको पनि स्मरण गराए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी चैत्र २७ गते वर्तमान व्यवस्था बिरुद्ध विशाल प्रदर्शनको तयारी गर्दै आएको छ । अध्यक्ष लिङदेनले सो प्रर्दशनीको तयारीको काम अन्तिम चरणमा पुगेको बताए ।

‘देशभरबाट आउने हाम्रा शुभेच्छुकहरुको क्रम चलिराखेको छ । र चैत्र २७ गते काठमाडौं ढाक्नेगरी जनसहभागिता हुन्छ । त्यसको तयारी अन्तिम चरणमा छ’उनले भने‘अहिले देशको जुन वर्तमान अवस्था छ । त्यो अवस्था आउनुमा अहिलेको नेतृत्वको जिम्मेवार छ नै । तर त्यो नेतृत्व मात्रै होइन, नेतृत्वले ल्याएको व्यवस्था पनि जगमा कारक छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *