नेकपा एसले बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ ।

आलोपालोमा मुख्यमन्त्री पाउने सहमतिपछि जम्कट्टेललाई विश्वासको मत दिने भएको हो । जम्कट्टेलले सोमवार प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार सत्ता गठबन्धनका शीर्ष नेताबीच आलोपालोमा नेकपा एसलाई पनि मुख्यमन्त्री दिने सहमति भएको थियो ।

बालुवाटारमा सहमति भएपछि बागमती प्रदेश सभामा नेकपा एस संसदीय दलका नेता कृष्णप्रसाद खनालले विश्वासको मत दिने निर्णय भएको बताएका छन् । बागमतीमा नेकपा एसका ७ जना सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *