क्लिन स्वीपबाट बच्ने लक्ष्यका साथ टियू मैदान उत्रिँदै नेपाल ‘ए’

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको अन्तिम खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेल दिउँसाे १ बजेदेखि सुरु हुने छ ।

आयरल्याण्ड वोल्भ्सले यस अघिका दुवै खेल जितेर सिरिज जितिसकेको छ । आयरल्याण्ड वोल्भ्सले सिरिजको पहिलो खेल २१ रनले जितेको थियो भने दोस्रो खेल ४० रनले जितेको थियो ।

सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्वीप हुनबाट बच्न चाहन्छ । दुवै खेलमा नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ नचल्दा पराजित भएको थियो ।

यो सिरिजपछि नेपाल ए ले अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

टी-२० सिरिज खेल्ने नेपाली ए टिम : विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *