कीर्तिमानी हैदराबाद गुजरातसँग हार्यो

अघिल्लो खेलमा आईपीएल इतिहासकै सर्वाधिक रन बनाएर जितेको सनराइजर्स हैदरावाद आइतबार गुजरातसँग पराजित भएको छ।

घरेलु टोली गुजरात टाइटन्सले सनराइजर्स हैदराबादसँग सात विकेटले पराजित भएको हाे।

आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा हैदराबादले प्रस्तुत गरेको १६३ रनको लक्ष्य गुजरातले १९.१ ओभरमा तीन विकेट गुमाएर भेटायो ।

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा घरेलु टोली गुजरात टाइटन्सले सनराइजर्स हैदराबादविरुद्ध सात विकेटको सहज जित निकालेको छ ।

आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा हैदराबादले प्रस्तुत गरेको १६३ रनको लक्ष्य गुजरातले १९.१ ओभरमा तीन विकेट गुमाएर भेटायो ।

गुजरातको जितमा साइ सुदर्शनले ४५ रन बनाए । डेविड मिलरले अविजित ४४, कप्तान शुभमन गिलले ३६, ऋदिमान शाहले २५ र विजय शंकरले अविजित १४ रन बनाए ।

हैदराबादका शहबाज अहमद, मयंक मार्कन्डेय र कप्तान प्याट कमिन्सले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रनको योगफल तयार पारेको थियो ।

हैदराबादका अब्दुल समाद र अभिषेक शर्माले समान २९ रन बनाए । यस्तै, हेनरिक क्लासेनले २४, सहबाज अहमदले २२, ट्राभिस हेडले १९ र मयंक अग्रवालले १६ रन जोडे ।

गुजरातका मोहित शर्माले तीन विकेट लिए । उमेश यादव, अज्मतुल्लाह ओमजाइ, राशिद खान र नुर अहमदले समान एक विकेट हात पारे ।

जितसँगै तीन खेलबाट चार अंक जोडेको गुजरात तालिकाको चौथो स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको हैदराबाद तालिकाको पाँचौँ स्थानमा छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *