दक्षिण लेबनानमा हिजबुल्लाहका रकेट र मिसाइल युनिटका उप कमाण्डर मारेको इजरायलको दाबी

एजेन्सी । हिजबुल्लाहको रकेट र मिसाइल युनिटका उप कमाण्डर अली अबेद अख्सान नइम दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा मारिएको इजायलले दाबी गरेको छ । इजरायल रक्षा बल (आईडीएफ) ले यसबारेमा जानकारी गराएको हो ।

हिजबुल्लाह अधिकारीलाई बाजोरीह क्षेत्रमा गाडीमा सवार हुँदा निशाना बनाइएको थियो । लेबनानी सैन्य स्रोतहरूकले इजरायली हमलामा सात हिजबुल्लाह सदस्यहरू मारिएको बताए। जसमा उत्तरी सिरियामा ६ र दक्षिणी लेबनानमा एक जनाको मृत्यु भएको थियो ।

लेबनानी सशस्त्र समूह हिजबुल्लाह र इजरायल बीच चलिरहेको द्वन्द्वको परिणामस्वरूप लेबनानी पक्षमा ३९५ जनाको मृत्यु भएको छ । जसमा २५४ हिजबुल्लाह लडाकु र ७३ नागरिकहरू छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *