पोखरामा तीव्र गतिको बस पल्टिएर ठडिएपछि….

काठमाडौं । पोखरामा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका २८ लेखनाथस्थित अर्चलेमा आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदैछ ।
चालक र सहचालकमात्र रहेको बस दुर्घटनामा परेको हो ।

बस दुर्घटना भएको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बस सडकमा ठाडै उभिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =